अमेरिकी उपराष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीवीच भेटवार्ता

Photo : Redflag
Photo : Redflag

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग छलफल गरेकी छन्। 

उनीहरूका बीचमा आपसी सहकार्य, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तनसँगै चीन र म्यानमारका बारेमा कुराकानी भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा दुवै देशका नेताहरूले आपसी सहकार्य बढाउनु पर्ने र सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्।  

“उपराष्ट्रपति र प्रधानमन्त्रीले थप सहकार्यका अवसर तथा सम्भावनाहरू, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तन, चीन र बर्मासँगै अन्य धेरै विषयमा छलफल गर्नुभएको छ,” जारी वक्तव्यमा लेखिएको छ।। रासस

प्रकाशित मिति: : 2021-03-03 22:15:00

प्रतिकृया दिनुहोस्