फिफा विश्वकप र एसियन कप छनोटको लागि नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्न लागेको खेल स्थगित

नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्ने भनिएको खेल स्थगित भएको छ। 

फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत दशरथ रंगशालामा नेपालले अष्ट्रेलियासँग चैत १७ गते खेल्ने तय भएको थियो। 

एसियन फुटबल कन्फडेरेसन (एएफसी)ले कोरोना भाईरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित गर्नु परेको जानकारी दिएको छ। 

एएफसीले स्थगित भएको छनोटका बाँकी खेल एकै ठाउँमा गर्ने तयारी गर्दैछ। 

प्रकाशित मिति: : 2021-03-04 06:50:00

प्रतिकृया दिनुहोस्