पोप फ्रान्सिस इराक प्रस्थान

MaharastriyaTimes
MaharastriyaTimes

इसाई धर्मगुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। 

कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो उनको पहिलो विदेश भ्रमण हो। 

पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्नेछन्। 

उनले खासगरी इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्ने भ्याटिकनले जनाएको छ।

पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नु हुने इराकी अधिकारीहरुले बताएका छन्।  इराक भ्रमणका क्रममा पोप फ्रान्सिसलाई कडा सुरक्षा प्रबन्ध गरिएको छ।

प्रकाशित मिति: : 2021-03-05 16:35:00

प्रतिकृया दिनुहोस्