जीप दुर्घटना हुदा ३ जनाको मृत्यु, ४ जना घाईते

File photo
File photo

जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ। ४ जना घाईते भएका छन्। 

दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडक खण्डमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा लेकम गाउँपालिका-६ का ३८ वर्षीय जीप चालक करन नाथ, शैल्यशिखर नगरपालिका–८ का गाडीधनी ४० वर्षीय पदम राज पन्त र सोहि ठाउँका ७० वर्षीया सुनादेबी पन्त रहेका छन्।

दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। भने गाडी धनी पदम पन्तको गोकुलेश्वर अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2021-03-07 06:04:00

प्रतिकृया दिनुहोस्