पशुपतिनाथमा सुनको जलहरी राखेको खुशियालीमा दीप प्रज्वलन

Deshko News
Deshko News

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी फेरिएको खुशियालीमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आज पशुपतिनाथ मूल मन्दिर परिसरमा दीपावली गरेको छ।

पहिले तामाको जलहरी राखिएकामा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा चाँदीको फेरिएको थियो। 

चाँदीको जलहरी पनि जीर्ण भएपछि गत फागुन १२ गते बुधबार पशुपति क्षेत्र विकास कोषले १०८ सुनको व्यवस्था गरेर स्वर्ण जलहरी राखेको थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्ण जलहरी राख्नुअघि पशुपतिनाथमा प्राण प्रतिष्ठासहित पूजा गर्नुभएको थियो । यसका लागि रु ८० करोड खर्च लागेको कोषले जनाएको छ।

सुनको जलहरी राख्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु ३० करोड खर्च गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्दै सुनको जलहरी राख्न सरकारका तर्फबाट सहयोग गर्ने घोषणा गरेका थिए। 

जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी राखिएको खुशियालीमा दीपावली गरिएको परिषद्का उपाध्यक्ष सुदर्शन भट्टराईले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-03-09 21:22:00

प्रतिकृया दिनुहोस्