चार वर्षअघि सीमा रक्षार्थ यसरी सहिद भएका थिए गोविन्द गौतम

सीमा समस्या ज्यूँका त्यूँ

रातोपाटी

कैलाली

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्ने पुनर्वास नगरपालिका वडा नं ४ स्थित आनन्द बजार निवासी गोविन्द गौतमले देशको सीमा रक्षाका लागि प्राण उत्सर्ग गरेको चार वर्ष पूरा भएको छ।

चार वर्षअघि आजकै दिन अर्थात् २०७३ फागुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट निर्माणका क्रममा भएको विवादपछि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर उनको मृत्यु भएको थियो।

चार वर्षको यो अवधिमा सो क्षेत्रको सीमा विवाद त समाधान भएन नै, गौतमको परिवार पनि छिन्नभिन्न भएको छ।

सरकारले गोविन्द गौतमलाई सहिद घोषणा गरे पनि उनको बलिदान, आफ्नो भूभाग रक्षार्थ सो क्षेत्रका बासिन्दाले गर्दै आएको संघर्ष र उनीहरुको चिन्ताबारे राज्यका तर्फबाट खासै चासो राखेको पाइँदैन।

यसरी सुरु भएको थियो विवाद

भारतसँग सीमा जोडिएकाले त्यस क्षेत्रका बासिन्दा सरसामान खरिदका लागि भारतीय बजारमा निर्भर हुनु स्वाभाविक थियो। स्थानीयवासी भारतको बसैया हुँदै सम्पुर्णनगरबाट आवश्यक सामान खरिद गरी ल्याउने गर्दछन्।

प्रकाशित मिति: : 2021-03-10 11:20:00

प्रतिकृया दिनुहोस्