काठमाडौँ मेयर कप क्रिकेटः फाइनलमा एपीएफ 

फाइल तस्वीर
फाइल तस्वीर

सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। काठमाडौँ मेयर ११ लाई सात विकेटले पराजित गर्दै एपीएफ क्लब फाइनलमा स्थान बनाउन सफल भएको हो। 

मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको थियो। काठमाडौँ मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउँदै १७७ रन बनायो।

एक सय ७८ रनको विजय लक्ष्य एपीएफ क्लबले ४४ दशमलव एक ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो। एपीएफका लागि सन्दीप जोराले अविजित ६२ तथा शरद् भेषवाकरले अविजित ६१ रनको योगदान दिए।

यस्तै शंकर रानाले ३१ तथा भुवन कार्कीले ११ रन बनाए। बलिङतर्फ काठमाडौँ मेयर ११ का अनुज चुनारा, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए। रासस

प्रकाशित मिति: : 2021-03-11 21:36:00

प्रतिकृया दिनुहोस्