युरोपा लिग फुटबलमा डाइनामो जाग्रेबमाथी टोटेनहमले सफल जित हात पारेको छ।
बिहीबार राति भएको खेलमा टोटेनहमले जाग्रेबलाई २-० गोल अन्तरले पराजित गरेको हो। टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरेका थिए।
उक्त जितसँगै टोटेनहमले अन्तिम आठमा पुग्ने सम्भावना बढाएको छ।