काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो।

उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ।

टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। एक सय ६ रनको विजय लक्ष्य पुलिस क्लबले २४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। 

पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै दुई छक्का र सात चौका प्रहार गरे। यस्तै दिपेन्द्रसिंह ऐरीले अविजित ११, कुशल भुर्तेलले १५ तथा अनिल साहले १५ रन बनाए। बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले एक एक विकेट लिए। 
 

प्रकाशित मिति: : 2021-03-13 17:29:00

प्रतिकृया दिनुहोस्