पाकिस्तानमा जारी ‘नेसनल वुमन्स च्याम्पियनसिप’मा नेपाली खेलाडी सम्मिलित मासा युनाइटेडको खेल अनिश्चित समयका लागि स्थगन भएको छ।
समूह बीको मासा युनाइटेडले मगंलबार कराँची युनाइटेडसँग खेल्ने तालिका थियो। कराँची एफसीका खेलाडीमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगन गरिएको हो।
कराँचीले समूह बीमा कराँची वुमन्स फुटबल क्लबसँग खेलेको थियो। सो टोलीले सियालकोट सिटीसँग खेलेको थियो। ती टोलीले अन्य टोलीसँग पनि खेलिसकेका कारण अरु टोलीको पनि कोरोना परीक्षण गराउने पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ।
मासा युनाइटेडले पहिलो खेलमा सियालकोट सिटीलाई १९–० ले हराएको थियो। सो खेलमा सरु लिम्बू एक्लैले १० गोल गरेकी थिइन्।
अनिता केसीले दोहोरो ६ गोल हान्दा गीता रानाले एक गोल गरिन्। यता पाकिस्तानी खेलाडी सारा इक्वाल र सम्रोज सम्रिना लिम्बुले एक एक गोल गरेकी थिइन्।