ललितपुरमा सीताराम हाछेथुको व्यवस्थापन क्रान्ति !

थाहा खबर

काठमाडौं

काठमाडौं : सर्वसाधारणलाई लाग्नसक्छ-नगर प्रहरीले फुटपाथे व्यापारीका सामान उठाएर दुःख दिन्छन्‌। गरिबलाई खान दिँदैनन्‌। आर्थिक प्रलोभनमा पर्छन्।

तर, कोही नगर प्रहरी यस्ता हुन्छन्‌-जसले जनताको हरेक मर्मलाई बुझ्छन्। राम्रो व्यवहार र काम गरेर जनताको मन जित्दै समाजलाई आमूल परिवर्तन गर्न लागिपर्छन्।

सीताराम हाछेथु यस्तै सुधारकमध्येका एक हुन्‌। सीताराम साढे ६ महिनादेखि ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख पदमा छन्। भक्तपुर जिल्लाका उनी २०७७ भदौ १५ गतेबाट ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त भएका थिए। कार्यकालका दिन जति कट्दैछ, हाछेथुको चर्चा उत्ति नै चुलिँदैछ। सबैले उनको कामलाई तारिफ गरिरहेका छन्‌।

​पूर्व ट्राफिक प्रहरी निरीक्षकसमेत रहेका सीताराम ट्राफिक व्यवस्थापनमा २९ वर्षदेखि लागिपरेका छन्। महानगरपालिकाका नगर प्रहरी प्रमुख हुनुअघि नै ट्राफिक व्यवस्थापनमा काम गरेकाले उनलाई ललितपुरभित्र कहाँ जाम पर्छ र कहाँ अस्तव्यस्तता हुन्छ जस्ता सबै जानकारी थियो।

त्यसो त उनी नगर प्रहरी प्रमुख भएर आएपछि महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसपले पैदल यात्रुलाई सास्ती भएको देखे। उनको पहिलो काम नै त्यस्ता वर्कसप हटाउने रह्यो। भन्छन्, ‘सडकका पेटीमा अव्यवस्थित ढंगले मोटर साइकल वर्कसप राखेको देखेपछि पत्र पठाएँ, अनि सबैलाई हटाएँ।’

त्यस्तै, नग्न तस्वीर राखिएका विज्ञापन र मादक पदार्थका होर्डिङ बोर्ड लगायतले ऐतिहासिक संस्कृतिको थलो ललितपुर क्षेत्र कुरुप बनाएको देखे उनले। त्यस्ता बोर्डहरू पनि हटाइदिए। 

प्रकाशित मिति: : 2021-03-17 07:38:00

प्रतिकृया दिनुहोस्