च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लाजियोलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा बायर्नले लाजियोलाई २-१ को अन्तरले पराजित गरेको हो। बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिमले एक एक गोल गरेका थिए।
उक्त जितसँगै बायर्न लिगको अन्तिम आठमा पुग्न सफल भएको छ।