नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

File photo
File photo

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का  लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ।

अक्सन शुक्रबार हुँदैछ। नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। एन्फाले अक्सनका लागि आज ए, बी र सी श्रेणी गरी खेलाडीको नाम सार्वजनिक गरेको हो।

अक्सनमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ए श्रेणीका ३५ खेलाडीलाई समेत सहभागी गराइने एन्फाले जनाएको छ। यस्तै अक्सनमा ६५ बी श्रेणीका तथा ५८ सी श्रेणीका खेलाडी रहेका छन्।
 

प्रकाशित मिति: : 2021-03-18 21:58:00

प्रतिकृया दिनुहोस्