मिलानलाई पराजित गर्दै  क्वाटरफाइनलमा प्रवेश गर्यो म्यानचेस्टर युनाईटेड

File photo
File photo

युरोपा लिग फुटबलमा इटालियन क्लब एसी मिलानलाई इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले पराजित गरेको छ।  

बिहीबार राति भएको खेलमा युनाईटेडले मिलानलाई १-० को अन्तरले पराजित गरेको हो। मिलानको मैदानमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरेका थिए।

उक्त जितसँगै म्यानचेस्टर युनाईटेड लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति: : 2021-03-19 07:32:00

प्रतिकृया दिनुहोस्