स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडमाथि सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ को अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई-दुई गोल, एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक-एक गोल गरेका थिए।
उक्त जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ।