धनगढी उप-महानगरपालिकामा उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।
नगर खेलकुद समितिको आयोजनामा मंगलबारदेखि उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो। पुरुष तर्फ वडा नम्बर ११ र महिला तर्फ वडा नम्बर १२ ले जित हात पारेका छन्।
चैत २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आज पुरुष तर्फका दुई र महिला तर्फको एक खेल हुने बताईएको छ।