फिफा विश्वकप फुटबल छनौटमा बेल्जियमद्वारा वेल्स पराजित

फिफा विश्वकप फुटबल छनौटको खेलमा वेल्सलाई बेल्जियमले पराजित गरेको छ। 

बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३-१ को अन्तरले पराजित गरेको हो। बेल्जियमलाई जित दिलाउन केभिन डी ब्रुएन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरेका थिए।

उक्त जितसँगै बेल्जियम ३ अंक जोड्न सफल भएको छ। 

प्रकाशित मिति: : 2021-03-25 07:16:00

प्रतिकृया दिनुहोस्