म्यान्मार शरणार्थीलाई प्रवेश नदिन मणिपुर सरकारको निर्देशन

KIC
KIC

म्यान्मारसँग सीमा जोडिएको मणिपुर राज्यले शरण खोज्दै आउनेलाई प्रवेश नदिन निर्देशन दिएको छ।

म्यान्मार–भारत सीमा क्षेत्रका सबै जिल्लामा यहाँ आउने शरणार्थीलाई खाना र बसोबास उपलब्ध नगराउन राज्य–सरकारले आदेश दिएको हो।

चन्देल, तेंगनोपाल, कामजोंग, उखरुल र चरुराचन्दपुर जिल्लामा आउन सक्ने बर्मेली शरणार्थीलाई रोक्न यस्तो निर्णय गरेको मणिपुर सरकारले बताएको छ।

म्यान्मार सैन्य ‘कू’ को विरोधमा जनआन्दोलनसँगै विद्रोही समूह सतहमा देखिएका छन्। सेना र ती समूहबीचको भिडन्तपछि सैन्य जुन्ताले हवाई आक्रमणलाई तीब्र पारेको छ।

सेनाको हवाई गतिविधिमार्फत सशस्त्र समूहलाई त्रसित बनाउँदा स्थानीय घर छाडेर भाग्न बाध्य भएका छन्।

पछिल्लो समय लडाकु विमानले गाउँमा त्रास फैलाउँदा उनीहरू छिमेकी देश थाइल्याण्ड र भारतमा शरण माग्दै प्र्रस्थान गर्ने क्रम बढ्दो छ। कतिपय स्थानीय भने जंगलमै बसिरहेका छन्।

शरणार्थीहरू बढ्न सक्ने भन्दै मणिपुर आउँनेलाई खाना र बसोबासको व्यवस्था नगर्न जिल्ला–जिल्लामा उर्दी जारी गरेको छ।

तर, चोटपटक लागेका वा बिरामीहरूलाई अस्पतालको सेवा दिन आग्रह गरेको छ। सरकारले स्थानीयबासीलाई म्यान्मारबाट आउँने मानिसका लागि शरण नदिन समेत अपील गरेको छ।

सरकारी सुरक्षा फौजको हवाई आक्रमणपछि सीमा क्षेत्रका बर्मेलीहरू ज्यान जोगाउन भारत र थाइल्याण्डतर्फ शरण माग्दै भागिरहेका छन्। 

सोमबारदेखि म्यान्मार–थाइ सीमा क्षेत्र नजिकै कारेन राज्यका हजारौं मानिस थाइल्याण्ड प्रवेश गरेका छन्। 

म्यान्मार सैन्य ‘कू’ को विरोधमा बर्मेली नागरिक झण्डै दुई महिनादेखि आन्दोलित बनेका छन्। देशका विभिन्न स्थानमा अहिलेसम्म ५ सय बढी प्रदर्शनकारी मारिएका छन्। 

पश्चिमा राष्ट्रले अशान्त बनिरहेको दक्षिणपूर्वी एशियाली मुलुक म्यान्मारको बढ्दो हिंसाप्रति निन्दा व्यक्त गरेका छन्।


म्यान्मार सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

म्यान्मारको प्रजातन्त्र पुनर्बहाली आन्दोलनमा डेढ महिनाभित्र ३२० जनाको हत्या, ३ हजार गिरफ्तार

म्यान्मार 'विद्रोही सेना'द्वारा सरकारी सेनाको चौकी कब्जा

म्यान्मार ‘कू’: मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ (भिडियो)

म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

प्रकाशित मिति: : 2021-03-30 13:05:00

प्रतिकृया दिनुहोस्