सिसडोलबासीको पीडामाथि किन बारम्बार खेलवाड भइरहन्छ?

थाहा खबर

काठमाडौँ

नुवाकोटको सिसडोलमा २ वर्षका लागि काठमाडौं उपत्यकाको फोहोर लगिएको थियो। उक्त स्थानमा फोहोर लगेको १५ वर्ष बितिसकेको छ।

सरकारले आजसम्म वैकल्पिक व्यवस्था गर्न सकेको छैन। १५ वर्षसम्म फोहोर राख्ने वैकल्पिक स्थान खोजी नगरिएकोमा सिसडोलबासीले बारम्बार पीडा खेप्दै आन्दोलन गर्दै आइरहेका छन्।

सिसडोलबासीले आन्दोलन एक पटकका लागि मात्र भएन। सिसडोलबासीको आन्दोलन बढ्न थालेपछि काठमाडाैंबाट गएका फोहोरका गाडी त्यहाँ लामबद्ध हुन थाल्छन्। अनि काठमाडौंका गल्ली-गल्लीमा पनि फोहोरको डंगुर थुप्रिन थाल्छ।

उपत्यकाका मुख्य चोक-चोकमा केही दिनयता फोहोर थुप्रिएका छन्। दुई दिन मात्र फोहोर उठेन भने पनि फोहोरको दुर्गन्ध फैलन थाल्छ। एक सातायता काठमाडौंको फोहोर उठ्न सकेको छैन। सिसडोलबासीले विभिन्न माग राखी उपत्यकाका १५ वटा भन्दा बढी स्थानीय निकाय र त्यस आसपासका जिल्लाबाट जाने फोहोरका गाडीलाई रोकेर आन्दोलन गरेका थिए।

प्रकाशित मिति: : 2021-04-02 19:45:00

प्रतिकृया दिनुहोस्