जंगलमा खट्ने महिला कर्मचारी भन्छन्- कोहीभन्दा कम छैनौं

राजेश घिमिरे

तनहुँ घर भएकी किना केसीले चितवन राष्ट्रिय निकुञ्जमा काम गर्न थालेको ६ वर्ष भयो।

निकुञ्जको रेञ्जर उनी दिन रात नभनी गैंडा, हात्ती, बाघ, गोही जस्ता जनावरको वरिपरि खट्छिन्। काम सुरू गर्दैगर्दा उनलाई डरको महसुस हुन्थ्यो। तर अचेल बानी पर्न थालेको छ। ‘सुरूआततिर काममा जाँदा डर लाग्थ्यो, जंगलको काम छ के हुने हो जस्तो महसुस हुन्थ्यो तर अब बानी पर्न थाल्यो,’ उनले भनिन्, ‘कोही भन्दा कम छैनौं जस्तो लाग्छ।’

काममा हिँडेपछि महिला वा पुरूषमा कुनै फरक नहुने उनी बताउँछिन्।

‘काम आएपछि जुनसुकै अवस्थामा तयार हुनुपर्छ, यो महिला त्यो पुरूष भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘रात बिरात हिँड्नु पर्दा डर त सबैलाई लाग्छ। महिला भएकै कारण काममा कुनै समस्या छैन।’

वन्यजन्तुमा रुची राख्ने उनी फोटोग्राफीको पनि पारखी हुन्। फोटोग्राफीले पनि उनलाई वन्यजन्तुसम्म तान्ने गरेको छ।

२०७४ सालदेखि चितवन निकुञ्जको रेञ्जर पदमा कार्यरत स्मृती लामाको रुची वन्यजन्तु र चरामा सानैदेखि थियो।

प्रकाशित मिति: : 2021-04-02 21:36:00

प्रतिकृया दिनुहोस्