आइपीएल–२०२१ सुरु हुनुभन्दा ६ दिनअघि दिल्ली क्यापिट्ल्सलाई गम्भीर धक्का लागेको छ।
टिमका अलराउन्डर अक्षर पटेल कोरोना संक्रमित भएका छन्। यसको जानकारी टिमको व्यवस्थापनले शनिबार दियो। दिल्ली क्यापिट्ल्सले विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, ‘दुःखको कुरा हो, अक्षर कोभिड पोजिटिभ भएका छन्।
आइपीएलको नियमअनुसार उनलाई आइसोलेसनमा पठाइएको छ।’ यसअघि कोलकाता नाइट राइडर्सका नितिश राणा पनि पोजिटिभ भएका थिए। उनी २२ मार्चमा भएका थिए तर १ अप्रिलमा उनको रिपोर्ट नेगेटिभ आएको छ।
नियमअनुसार अक्षरले १० दिन आइसोलेसनमा बस्नुपर्ने छ।