नेपाल प्रहरीले पाँचौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ शनिबार जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा प्रहरीले एपीएफलाई २०–२५, २८–३०, २५–२३, २५–१९ र १५–११ को सेटमा पराजित गर्याे।
महिलामै नेपाली सेनाले ढोरपाटनलाई २५–१२, २५–० र २५–५ तथा न्यु डायमन्डले भरतपुर मेट्रोलाई २५–१२, २५–७ र २५–१७ को सोझो सेटमा हरायो।
पुरुषमा एपीएफले नयाँ बजार सामाजिक युवा क्लबमाथि २५–१२, २५–१६ र २५–१६ को सीधा सेटमा पन्छायो।