पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेल्न गएका नेपाली खेलाडी आज स्वदेश फर्कदै छन्।
नेपाली राष्ट्रिय टिमका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, अनिता केसी, सरु लिम्बु र गीता राना आज नेपाल फर्कन लागेका हुन्। उनीहरु दुबई हुँदै नेपाल आईपुग्नेछन्।
चारै खेलाडीले मासा युनाईटेडबाट खेलेका थिए। पाकिस्तान फुटबल संघमा देखिएको आन्तरिक द्वन्दको कारण लिग रद्द भएपछि उनीहरु स्वदेश फर्किन लागेका हुन्।