घुसको पैसा आफैं दिएर अख्तियार किन समात्छ तल्ला तहका कर्मचारीलाई?

सेतोपाटी

काठमाडौं

२०७५ भदौ ३० गते दिउँसो काठमाडौं काँडाघारीस्थित महानगरीय प्रहरी प्रभागका १० जना प्रहरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गर्‍यो।

गोठाटार र पेप्सीकोलाका बालुवा व्यवसायीसँग घुस मागेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) ज्योति बिष्टसहितका प्रहरीलाई अख्तियारले पक्राउ गरेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उजुरीकर्तालाई एक लाख रुपैयाँ आफैं दिएर प्रहरी पक्राउ गर्न पठाएको थियो।

विशेष अदालतले यो मुद्दामा फैसला गर्दा सबै प्रहरीलाई सफाइ दिँदै घुस मागेको र लिएको भन्ने तथ्य फेला नपरेको ठहर गरेको छ।

विशेषको फैसलामा भनिएको छ, ‘आधार प्रमाणबाट प्रतिवादीले कुनै खास प्रयोजनको लागि घुस मागेको र लिएको भन्ने देखिएन, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ मो उपदफा (१) अनुसारको घुस लिएको भन्ने हदसम्मको आधार र प्रमाणको विद्यमानता नरहेको अवस्थामा गम्भीर प्रकृतिको कसुर गरेको भन्न न्यायसंगत देखिएन।’

प्रकाशित मिति: : 2021-04-06 13:44:00

प्रतिकृया दिनुहोस्