रियल मड्रिडद्वारा लिभरपुल पराजित

Photo : Getty image
Photo : Getty image

स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ।  

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले पराजित गरेको हो। ३-१ गोल अन्तरले लिभरपुल पराजित भएको थियो।

रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल र मार्को एसेन्सियोले एक गोल गरे।

उक्त जितसँगै रियलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। 

प्रकाशित मिति: : 2021-04-07 07:26:00

प्रतिकृया दिनुहोस्