एएफसी कप–२०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोट्र्स क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मीले श्रीलंकाको पुलिस स्पोट्र्सलाई ५-१ ले पराजित गरेको हो। आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठले २ गोल गरे। सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले एक एक गोल गरे।
त्यस्तै, बंलादेशका लागि खेलको २८ औं मिनेटमा इभान्सले पहिलो गोल गरेका थिए। आर्मीका लागि खेलको ४१ औं मिनेटमा सन्तोषले पहिलो गोल गरे भने ४३ औं मिनेटमा नवयुगले गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता दिलाए।
दोस्रो हाफको ५० औं मिनेटमा टंकले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता बनाए। त्यस्तै, ८३ औं मिनेटमा सुदिलले गोल गर्दै ४–१ को अग्रता कायम गरे भने इन्जुरी सयममा नवयुगले १ गाले गर्दा आर्मी ५-१ ले विजयी बन्यो।
अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ। भारतको बेंगलुरुलाई पराजित गर्न सकेमा आर्मी फाइनलमा पुग्नेछ। फाइनल अप्रिल २१ मा हुँदै छ।