बढ्दो महिलाहिंसा : ‘न्यूनीकरणमा स्थानीय तह उदासीन’

काठमाडौंप्रेस

काठमाडाै‌ं

सरिशा अछामी

गत सोमबार (चैत ९ गते) दिउँसो महानगरिय प्रहरी परिसर काठमाडौं (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र) कालिमाटीमा एक महिला बेहोस् भइन् । श्रीमान्ले दोस्रो विवाह गरेको थाहा पाएदेखि आफूलाई सम्हाल्न नसकेर उनी पटकपटक बेहोस् भएको केन्द्रकी प्रमुख अनु लामा बताउँछिन् । लामाका अनुसार, ती महिलाले अघिल्लो दिन केन्द्रमा बहुविवाहको उजुरी दिएकी थिइन् । सोमबार भने श्रीमानले गल्ती गरे पनि मिलेर बस्ने सोचेर मुद्दा फिर्ता लिन आएकी थिइन् ।

त्यस्तै, कलंकी घर भएका दुई महिला चर्काचर्की गर्दै थिए । ‘उहाँहरु दुवै एउटै श्रीमान्का श्रीमती हुनुहुन्छ । श्रीमान् बितिसकेकाले अंशबन्डाका लागि आउनुभएको हो,’ लामा भन्छिन्, ‘महिलाहरु विभिन्न किसिमले हिंसा वा अन्यायमा परेका उजुरी आइरहन्छन् ।’ 

बहुविवाह, घरेलुहिंसा, मानव बेचबिखन, जबर्जस्ती करणी, घरायसी, लैंगिक हिंसाका उजुरी धेरै आउने लामा बताउँछिन् ।  
महिलामाथि घर–परिवार, समाज, राज्य, विभिन्न संस्थाबाट विभिन्न प्रकृतिका विभेद वा हिंसा हुँदै आएका छन् । महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्ध लगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ । महिला हिंसा अन्तर्गत बलात्कार, घरेलुहिंसा, कुटपिट, हत्या, बोक्सीको आरोप, दाइजो प्रथा, बहुविवाह, बालविवाह, जबर्जस्तीकरणी, अन्य मानसिक तथा शारीरिक यातना आदि पर्छन् । 

प्रकाशित मिति: : 2021-04-09 14:21:00

प्रतिकृया दिनुहोस्