लिंगेपिङको मजा : डाँडामा पिङ, तल काठमाडौं सहर

काठमाडौंप्रेस

काठमाडाै‌ं

सरिशा अछामी

नागार्जुन नगरपालिका–४हलचोक, भैरव मन्दिरमा १८ फिटकादुईवटा पिङ राखिएको छ । यहाँ पाँच मिनेट पिङ खेल्न एक व्यक्तिले एक सय ५० रुपैयाँको टिकट काट्नुपर्छ । पिङ राखेको स्थानबाट स्वयंम्भूसहित काठमाडौं सहर देखिन्छ । अझ पिङबाट काठमाडौं हेर्दा अर्कै आनन्द महसुस हुन्छ ।

आइतबार (चैत २२) साँझ यहाँ पिङ खेल्न सात–आठजना पालो पर्खिरहेका थिए ।२३ वर्षीया सिर्जना लामा भर्खरै पिङ खेलेर प्रफुल्लित मुद्रामा उभिइरहेकी थिइन् । ‘सुरुमा पिङबाट तल हेर्दा आत्तिएँ, एक–दुई मिनेट खेल्दै जाँदा रमाइलो लाग्यो,’ उनी अनुभव सुनाउँछिन्, ‘दशैंका बेला समथर ठाउँमा पिङ खेलिन्थ्यो, उचाइबाट पिङ खेल्दा हल्का डर लाग्ने रहेछ ।’ उनी पिङ खेल्नका लागि कीर्तिपुरदेखि साथीहरूसँग आएकी रहिछिन् ।

२५ वर्षीया शान्ता पौडेल पिङ खेल्ने पालो पर्खिरहेको थिइन् । उनको ध्यान भने डोरीमा रहेछ । पिर्कामा बसेर डोरी समाएर खेल्ने भए पनि सुरक्षा लागि खेल्नेको शरीरमा छुट्टै डोरी अड्काएको हुन्छ । तैपनि उनी भन्दै थिइन्, ‘पिङ खेल्दा डोरी चुँडिने हो कि भन्ने डर छ ।’

प्रकाशित मिति: : 2021-04-12 11:30:00

प्रतिकृया दिनुहोस्