मेरी छोरी भइन् भने महिनावारी बार्न लाउँदिनँ (भिडिओ)

सेतोपाटी

काठमाडाैं

मेरो पहिलो महिनावारी मेरा अरू साथीहरू भन्दा ढिलो भएको थियो। त्यतिबेला म कक्षा सातमा पढ्थेँ। 

सुरूमा कक्षाका लगभग सबै केटी साथीलाई महिनावारी भइसक्दा आफूलाई भने किन नभएको होला भनेर मनमा खुल्दुली हुन्थ्यो। साथीहरूको महिनावारी अनुभव सुन्दै रमाइलो लाग्थ्यो। त्यसैले म पनि आफ्नो पालो कुरेर बसेकी थिएँ।

वैशाखको दोस्रो हप्तातिर थियो, मलाई अचानक आफ्नो शरीरमा अनौठो महशुस भयो। म महिनावारी भएको होस् भनेर सोचिरहेकी थिएँ, नभन्दै भएछु। खै किन हो म निकै उत्साहित थिएँ, मनमा अलिअलि डर पनि लागेको थियो। 

महिनावारी हुने बित्तिकै मैले आफ्नी मिल्ने साथीलाई सुनाउन उसको घर गएँ। साथीकी आमाले म महिनावारी भएको थाहा पाएपछि त्यहीँ सात दिनसम्म लुकेर बस्नुपर्छ भन्नुभयो। मेरो साथीको पहिलो महिनावारी हुँदा उसलाई पनि मेरो घरमा लुकाउन ल्याइएको थियो। 

प्रकाशित मिति: : 2021-04-13 08:48:00

प्रतिकृया दिनुहोस्