गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। अविश्वासको प्रस्तावमा २८ सांसदको हस्ताक्षर छ।

विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ। 



अविश्वास प्रस्ताव आउने भएपछि मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

प्रकाशित मिति: : 2021-04-15 13:37:00

प्रतिकृया दिनुहोस्