आर्सनलपनि युरोपा लिगको सेमिफाइनलमा प्रवेश 

युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले स्लाभिया प्रागलाई पराजित गरेको छ। 

बिहीबार राति भएको खेलमा स्लाभिया प्रागलाई ४-० को अन्तरले पराजित गर्दै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो। 

आर्सनलले चेक रिपब्लिकको क्लबविरुद्ध पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो लेगमा एकतर्फी जित निकालेको हो।



ग्रानडालाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो युनाईटेड



आर्सनललाई जित दिलाउन एलेक्स्जेन्ड्रा लाकाजेटले दुई गोल गरेका थिए त्यस्तै निकोलस पेपे र बोकायो साकाले एक एक गोल थपे।

सेमिफाइनलमा आर्सनलले स्पेनिस क्लब भिल्ला रियलसँग खेल्दैछ। 

प्रकाशित मिति: : 2021-04-16 08:25:00

प्रतिकृया दिनुहोस्