आमा र छोरीलाई पाठेघर उपहार

सेतोपाटी

काठमाडौं

अलि दिनदेखि पिसाब फेर्न गाह्रो भइरहेको थियो। छिनछिनमै च्यापिरहने। कहिलेकाहीँ त दिक्क लागेर नछुनी हुँदा लगाउने टालो राखेर बस्थेँ।

जचाउन चाहिँ गइनँ। तल शर्मिला दिदीलाई पनि त्यस्तै हुने रहेछ। शनिबार जंगल जाँदा भनिथिन्, 'उमेर पुगेपछि हामी आइमाईलाई यस्तै हो बड्डी।'

मलाई नि लाग्यो, सबैलाई हुने भनेपछि खासै ठूलो कुरा त होइन होला।

तर ज्याद्रै हुने रहेछ। के झोलिएको हो थाहा छैन। एकपटक बसेपछि उठ्न पहाडै उचाल्याजस्तो हुने। जिउभित्र जिउभन्दा भारी केही झुन्डिएजस्तो।

कसैलाई भने पनि के भन्नू! धोती सारेर सासूलाई पिसाब फेर्नी ठाउँ देखाउन मिलेन। जचाउनु पनि कसरी! अहिले स्वास्थ्य चौकी गएपछि चार वर्ष दसैं खर्च पुग्ने पैसा एकैपटक लिन्छन्। 

प्रकाशित मिति: : 2021-04-18 18:15:00

प्रतिकृया दिनुहोस्