'काराबाओ कप'को उपाधी म्यानचेस्टर सिटीलाई

काराबाओ कप (इएफएल) फुटबलको उपाधी म्यानचेस्टर सिटीले जितेको छ।

आइतबार राति भएको फाइनल खेलमा सिटीले टोटेनहमलाई पराजित गरेको थियो।

१-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो।

सिटीलाई जित दिलाउन खेलको ८२औं मिनेटमा एम्रिक लापोर्टेले निर्णायक गोल गरेका थिए।

सिटीले आठौँ पटक काराबाओ कपको उपाधि जितेको हो।
 

प्रकाशित मिति: : 2021-04-26 06:40:00

प्रतिकृया दिनुहोस्