कैलालीमा श्रीमती बिरामी, काठमाडौंमा आँशु बगाउँदै लक्ष्मीप्रसाद

अनलाइनखबर

काठमाडौँ

गौरव पोखरेल

 स्थान : कलंकी, बाबा पेट्रोल पम्प छेउ । समयः दिउँसो साढे १२ बजे ।

सडक किनारमा एक अधवैंशे पुरुष टुक्रुक्क बसेका छन् । छेउमा दुईवटा जेब्रा झोला र एउटा प्लाष्टिकको बोरा छ । तिनमा केही लुगाफाटा पोको पारेका छन् । घरि यता, घरि उता गरिरहन्छन् । झोला देखेरै उनको बेचैनीको कारण बुझ्न गाह्रो हुँदैन ।

कोरोना भाइरसको दोस्रो लहरको चेन ब्रेक गर्न प्रशासनले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।  कैलालीको लम्कीका लक्ष्मीप्रसाद जैसी घर फर्किने गाडी नपाएकाले कलंकीमा अलपत्र परेका हुन् ।

‘सिन्धुपाल्चोकमा मजदुरी गरिरहेको थिएँ,’ उनले भने, ‘बुधबार कैलालीमा रहेकी श्रीमती मनकुमारी बिरामी भएको खबर पाएँ ।’

काम गर्न थालेको एक महिना मात्र भएको थियो, श्रीमती बिरामी भएको खबर सुनेपछि ठेकेदारले घर जान त दियो, तर पैसा दिएन । उनले अनलाइनखबरसँग पीडा सुनाए,  ‘ठेकदार गाउँकै थियो, काउन्टरमा पुगेर फोन गर्नु भनेको थियो, तर २ बजे बसपार्क आइपुग्दा सिटै रहेनछ ।’

उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा लगाएको पनि थाहा थिएन । ठेकेदारले पनि केही भनेनन् ।

प्रकाशित मिति: : 2021-04-29 21:35:00

प्रतिकृया दिनुहोस्