आईसीयू चाहिने कोरोना संक्रमित साढे दुई घण्टादेखि एम्बुलेन्समै

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल

प्रधानमन्त्री केपी शर्मा ओलली उपचार अभावमा कोरोना संक्रमितको ज्यान जान नदिने घोषणा गरेको तीन दिन पनि नबित्दै संक्रमितले आवश्यक उपचार नपाएर मृत्युसँग पौठेजोरी खोल्नुपर्ने परिस्थिति उत्पन्न भएको छ।

अर्थात् प्रधानमन्त्री ओलीको बोलीसँग अस्पताल कारुणिक दृश्यले मेल खाँदैन। बुधबार राति ८ बजे ललितपुरस्थित पाटन अस्पतालको आकस्मिक कक्षमा पुग्दा सञ्चारकर्मीसमेत रहेका कोरोना संक्रमित गणेश खत्री एम्बुलेन्सभित्रै छटपटाइरहेका थिए। तर, उनको जीवनका लागि याचनाप्रति भने चिकित्सक र स्वास्थ्यकर्मी निरीह थिए।

आइसीयूको आवश्यक परेपछि खत्रीलाई उनका परिवारले काठमाडौँको मूलपानी अस्पतालबाट सीधै पाटन अस्पताल ल्याएको थियो आइसीयू सेवा पाउने आसले। तर, अस्पतालको आकस्मिक कक्षमा क्षमताभन्दा धेरै १८ वटा शय्यामा अक्सिजनसहित संक्रमितले जीवन पुकारिरहेका थिए। त्यसबाहेक एक जना कुर्सीमै अक्सिजन लिइरहेका थिए र २ जना भने आकस्मिक कक्षको गेटबाहिरको बेन्चमा अक्सिजनका लागि पालो कुरिरहेका थिए। यस्तो अवस्थामा खत्रीलले आइसीयू त के अस्पतालको आकस्मिक कक्षमा प्रवेश पाउने कुरै भएन। एम्बुलेन्समै रहेका खत्रीले भने, ‘मूलपानी अस्पतालमा मैले उपचार गर्दै आएको थिएँ तर मलाई आईसीयू चाहिने भएपछि अस्पतालले अन्त जान भन्यो। यहाँ आइसीयू पाइन्छ कि भनेर आएका हौँ । तर अहिलेसम्म बेडसमेत पाइएको छैन।’

प्रकाशित मिति: : 2021-05-05 21:50:00

प्रतिकृया दिनुहोस्