देउवाको कोटाबाट लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस 

Photo - Facebook
Photo - Facebook

संवैधानिक परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ।

प्रधानमन्त्री निवासमा आइतबार बिहान बसेको परिषद्को बैठकले रेग्मीलाई लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो। रेग्मी झापा गौरादह–३ का हुन्।

परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ। सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

रेग्मी काँग्रेस सभापनि शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन्।



रिक्त संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस

प्रकाशित मिति: : 2021-05-09 13:58:00

प्रतिकृया दिनुहोस्