म्याग्दीका गौचनले चुमे सगरमाथाको चुचुरो: बने नेपालकै पहिलो सगरमाथा टेक्ने पाइलट

फोटोः जितेन्द्र झाँक्री तराली मगर
फोटोः जितेन्द्र झाँक्री तराली मगर

म्याग्दीका पाइलट सोवित गौचनले सगरमाथाको चुचुरो चुमेका छन्। यो सँगै उनी सगरमाथा आरोहण गर्ने नेपालको पहिलो पाइलट बन्न पुगेका छन्।

बेगखोला, रघुगंगा गाउँपालिका, वडा नं १ म्याग्दीका बासिन्दा गौचन पूर्व भारतीय सैनिकका छोरा हुन्।

एयर डाइनेस्टीका क्याप्टेन, अल्टिच्युट एयरका अपेरशन डाइरेक्टर सम्हालिसकेका उनी हाल हेली एभ्रेस्टका अपेरशन डाइरेक्टरको रुपमा कार्यरत छन्।

उनले आज (मंगलबार) बिहान ८ः१५ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्।


बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण


१९ वर्षे कान्छो पाकिस्तानी युवकले सगरमाथा चढे

प्रकाशित मिति: : 2021-05-11 11:49:00

प्रतिकृया दिनुहोस्