चीनबाट अक्सिजन सिलिण्डर लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं आइपुग्यो

फाइल तस्वीर
फाइल तस्वीर

अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

जहाजले चार सय थान अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

२० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइनेछ।

प्रकाशित मिति: : 2021-05-11 17:19:00

प्रतिकृया दिनुहोस्