अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

फाइल तस्वीर
फाइल तस्वीर

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथि लगाइएको प्रतिवन्धको समय थप भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ (३१ मे २०२१) गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको हो।

प्राधिकरणका अनुसार यसबीचमा भारतसँग हप्तामा दुई उडान भने निरन्तर रहने छ।

यसअघि सरकारले वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2021-05-11 19:27:00

प्रतिकृया दिनुहोस्