क्लब स्थापना भएको एक सय ३७ वर्षको लामो इतिहासमा लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ।
यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो।
शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० को गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो।
लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरेका थिए। फाइनलको हारसँगै चेल्सी भने नवौं पटक उपाधि जित्न असफल भएको छ।