स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गरेको हो।
खेलको ६८औं मिनेटमा रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले निर्णायक गोल गरे।
उक्त जितसँगै रियलले ३७ खेलमा ८१ अंक जोडेको छ भने बिल्बाओ ४६ अंक जोडेर नवौं स्थानमा छ।