प्रचण्डले इमेलमार्फत् जनतासँग मागे सुझाव

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले इमेलमार्फत् जनतासँग सुझाव मागेका छन्।

पार्टीलाई नयाँ तरिकाले अगाडि लैजान लागेको जानकारी दिदै प्रचण्डले जनतासँग इमेलमार्फत् सुझाव मागेका हुन्। 

उनले आफ्नो फेसबुकमा यसबारे उल्लेख गर्दै इमेल ठेगाना सार्वजनिक गरेका छन्।

उनलाई cpnmcsujhav@gmail.com ठेगाना जनताले सुझाव दिन सक्नेछन्। 

प्रकाशित मिति: : 2021-05-17 09:05:00

प्रतिकृया दिनुहोस्