प्रदेश–२ : ‘सीमान्तकृत, दलित समुदायको आँखाबाट हेर्दा महामारीमा राज्य कहाँ छ थाहा हुँदैन’

अनलाइनखबर

काठमाडाैं

एक वर्ष पहिलेको कुरा हो, पहिलो चरणको कोरोनाभाइरस संक्रमण फैलन नदिन ११ चैत २०७६ मा नेपालमा लकडाउन गरिएको थियो। लकडाउनले सप्तरीको कञ्चनपुर नगरपालिका–५ पथरी रामपुरका मलर सदा मुसहर बेरोजगार भए। चार दिनदेखि घरमा चुलो बलेको थिएन।

जेठ ३ गते मलर कामको खोजीमा कोदालो र छाता बोकेर घरबाट निस्किए। चार दिनदेखि पेटमा अन्न परेको थिएन। उनी खेतमै ढले। श्रीमती जलेश्वरीसँग अस्पताल लैजाने खर्च थिएन। भोलिपल्ट बिहान मलरको मृत्यु भयो।

तीनभाइ छोरा लकडाउनमा गुजरातमा फसेका थिए। मलरकी श्रीमती जलेश्वरीसँग दाहसंस्कार गर्ने पैसा थिएन। टोलवासीले १५०० रुपैयाँ उठाएर अन्तिम संस्कार गरेका थिए।

वीरगञ्ज महानगरपालिका–३१ बेल्वाका ३० वर्षीय सतन माझी ज्याला–मजदूरीको काम गर्थे। लकडाउनले उनको ज्याला मजदूरी टुटेको थियो। घरमा खानेकुराको जोहो गर्न मुश्किल हुँदै गएपछि कलह बढ्यो। २४ भदौ २०७७ मा श्रीमती रवितादेवीले सतनसँग चामल किन्ने पैसा मागिन्।

रक्सी खाएर आएका सतनसँग श्रीमतीको झगडा पर्‍यो। आवेशमा आएका सतनले विष सेवन गरे। उपचारका लागि अस्पताल लगिए पनि स्वास्थ्यमा सुधार आएन, भोलिपल्ट बिहान उनको मृत्यु भयो।

प्रकाशित मिति: : 2021-05-23 13:37:00

प्रतिकृया दिनुहोस्