माधव नेपाल पक्षको दाबी : देउवालाई प्रधानमन्त्री बनाउने रिटमा एमालेका ३० जनाको हस्ताक्षर 

फाइल तस्वीर
फाइल तस्वीर

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको पक्षमा एमाले माधव पक्षका ३० निवर्तमान सांसदले हस्ताक्षर गरेको सो पक्षले दाबी गरेको छ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सोमबार सर्वाेच्च अदालतमा रिट दायर गर्न नेपाल पक्षका ३० जना विघटित प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेकाे सो पक्षले जनाएको छ।

माधव पक्षका निवर्तमान सांसददय विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपानेलगायत छन्।

प्रकाशित मिति: : 2021-05-24 12:25:00

प्रतिकृया दिनुहोस्