आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवाले गरे रिट निवेदनमा हस्ताक्षर

Photo - lokaantar.com/
Photo - lokaantar.com/

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबीसहितको रिट निवेदनमा हस्ताक्षर गरेका छन्।

सभापति देउवाले संविधानको धारा ७६ (५) अनुसार आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबीसहित सर्वोच्चमा दायर गर्न लागेको रिटमा हस्ताक्षर गरेका हुन्।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाले अन्तिममा हस्ताक्षर गरेका हुन्।

केहीबेरमा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जाने विपक्षी गठबन्धको तयारी छ ।

 
 

प्रकाशित मिति: : 2021-05-24 12:15:00

प्रतिकृया दिनुहोस्