निषेधाज्ञामा कडाइ : कोरोनातिर लक्षित कि विपक्षीतिर ?

आन्दोलन रोक्ने सरकारी रणनीति : विपक्षी दल, सामाजिक सञ्जाल उपयोगको नीति

रातोपाटी

काठमाडाैं

कोरोना नियन्त्रणको बहानामा सरकारले काठमाडौ उपत्यकामा आगामी शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गर्ने घोषणा गरिसकेको छ। तर, प्रशासनको यो निर्णयलाई विपक्षी गठबन्धनले कोरोनाको बाहनामा सरकार आफ्नो स्वार्थसिद्ध गर्ने अभियानमा केन्द्रीत भएको भन्दै शंकाका रुपमा हेरेको छ।

निषेधाज्ञा कडाइ गर्नुमा कोरोना नियन्त्रण भन्दा पनि सरकारले आफुविरुद्ध हुन सक्ने सम्भावित आन्दोलन रोक्न कोरोनाको आडमा राजनीति गर्न खोजेको गठबन्धनले विश्लेषण गरेको छ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले गत बैशाख १६ देखि जारी निषेधाज्ञालाई निरन्तरता दिदै जेठ १३ पछि थप एकसाता बढाउदै कडाइ गर्ने निर्णय गरेको थियो।

‘कोरोनाको आडमा स्वार्थसिद्धिको प्रयास’

नेपाली काँग्रेसको बुधबार बसेको पदाधिकारी बैठकले सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न पर्याप्त औषधि उपकरण, कन्ट्याक्ट ट्रेसिङ, भेन्टिलेटर, अक्सिजन, खोपको व्यवस्था गरेर जनताको उपचार गर्नुको साटो निषेधाज्ञाको सहारा लिएको ठहर गरेको छ।

‘कोभिडको महामारीका सम्वन्धमा हामीले केही समयअघि पनि १५ बुँदे ज्ञापनपत्र दिएका हौं। तर, सरकार अहिले पनि कोभिड संक्रमणलाई रोक्ने भन्दा पनि यसको आडमा राजनीति गर्न खोज्दैछ। जनतामा आतंक फैलाउन खोज्दैछ। एक/दुई दिनभित्र किनमेल गर भनेर भनेको छ’, काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाइ छ।

प्रकाशित मिति: : 2021-05-26 17:25:00

प्रतिकृया दिनुहोस्