पूर्वमन्त्री बस्नेतद्वारा चौतारा अस्पताललाई १० वटा अक्सिजन सिलिण्डर प्रदान

बिएल संवाददाता

सिन्धुपाल्चोक
फाइल तस्वीर
फाइल तस्वीर

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले चौतारा अस्पताललाई १० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्।

उनले चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट करुणा बज्राचार्यलाई बुधबार उक्त सिलिन्डर हस्तान्तरण गरेका हुन्।

उनले सिलिण्डर भर्नका लागि ६ हजार नगदसमेत सहयोग गरेका छन्। यसअघि मंगलबार खाडिचौरको सिन्धु सदावहार अस्पतालमा २५, भोटेकोशीको चाकुमा ५ बेड, जलबिरे स्वास्थ्य केन्द्रमा ५ गरी ३५ बेडको कोभिड उपचार केन्द्रको पनि उद्घाटन गरेका थिए।

कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत गरिएको छ।

यस्तै पूर्वमन्त्री बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, नवलपुर स्वास्थ्य केन्द्र र हेलम्बुमा समेत अक्सिजनसहितको बेडको स्थापना तत्काल गर्ने बताएका छन्। जिल्लामा आवश्यक परे थप उपचार केन्द्र स्थापना गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: : 2021-05-26 18:16:00

प्रतिकृया दिनुहोस्