अस्पतालको बजेटमा पनि पहुँचवालाकै रजगज, जस लिन होडबाजी

अनलाइनखबर

काठमाडाैं

कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पतालले पाएको बजेटमा सत्ता र शक्तिको दुरुपयोग भएको पाइएको छ।

अर्थ मन्त्रालयले अस्पतालहरुलाई दिएको बजेट धेरैजसो पहुँचवाला नेताको जिल्लामा पुगेको छ। यस्तो बजेट अधिकतम समस्या भएका जिल्लामा भन्दा शीर्ष र पहुँचवाला नेताहरुको जिल्लामा बढी केन्द्रित छ।

केन्द्रीय, प्रादेशिक, जिल्ला अस्पताल र स्थानीय अस्पतालहरुले अर्थ मन्त्रालयबाट ५ अर्ब ७५ करोड रुपैयाँ बजेट पाइसकेका छन्।

सामाजिक सञ्जालमा होडबाजी

जेठ १० गते अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयमार्फत इलाम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ७५ लाख रुपैयाँ खर्चने सहमति दियो। यो बजेट पूर्वप्रधानमन्त्री झलनाथ खनालको पहलमा आएको भन्दै एकथरिले खनालले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्र सामाजिक सञ्जालमा राखे। कसैले भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको पहलमा आएको दावी गरे।

महामारी चर्किएपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट, आईसीयू र एचडीयू (हाइडिपेन्डेसी युनिट) राख्न धमाधम बजेट दिँदैछ। यो बजेट सत्तारुढ दलका नेता, विपक्षी दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुखले आफ्नो जिल्ला अस्पतालमा पुर्‍याएका छन्। र स्थानीय स्तरमा ‘कसका नेताले बजेट ल्याए ?’ भन्ने ‘साइबर युद्व’ देखिएको छ।

प्रकाशित मिति: : 2021-05-26 18:42:00

प्रतिकृया दिनुहोस्