उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन्।
प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।
नेकपा (एमाले)का महासचिव पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेकामा जोड दिए।
यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरुप उपलब्ध गराइसकेको छ।