गणतन्त्रले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित भएकाे छ: मुख्यमन्त्री पाेखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको बताएका छन्।

आज गणतन्त्र दिवसकाे अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्री पाेखरेलले गणतन्त्र केवल शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति रहेकाे बताउँदै गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको बताए।

'आज ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी बिनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन हो', उनले भनेका छन्, 'आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकाे माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न अझै प्रेरणा प्रदान गर्ने छ।'

साथै उनले अहिले काेराेनाकाे महामारीमा नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको पनि बताएका छन्।

'निषेधाज्ञा जारी गर्दा नै परिस्थितिलाई नियन्त्रणमा राख्न संभव भएको छ, राज्यले कोरोनाविरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय छ', उनले भने, 'कोरोनाविरुद्धको लडाईंलाई जित्न नागरिकको सजगता र सहयोगकाे ठूलाे आवश्यक छ।' 

प्रकाशित मिति: : 2021-05-29 09:14:00

प्रतिकृया दिनुहोस्